Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जागिरको लगाईदिने भन्दै भन्दै फारम भराएर पैसा असुल्ने तर जागिर नदिने ९ जना पक्राउ

जागिरको लगाईदिने भन्दै भन्दै फारम भराएर पैसा असुल्ने तर जागिर नदिने ९ जना पक्राउ

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७८
जागिरको लगाईदिने भन्दै भन्दै फारम भराएर पैसा असुल्ने तर जागिर नदिने ९ जना पक्राउ
images

काठमाण्डाै, २३ फागुन । जागिर दिने भन्दै विज्ञापन खुलाउने, फारम शुल्क र जब ग्यारेन्टी शुल्क लिएर नागरिकलाई ठग्ने नौ जना काठमाण्डौबाट पक्राउ परेका छन् । 

काठमाण्डौका विभिन्न ठाउँमा जब सेन्टर खाेलेर जागिर दिने भन्दै विभिन्न सञ्चारमाध्यममा विज्ञापन दिने, आवेदकहरूबाट पाँच सय रुपैयाँसम्म फारम शुल्क लिने र ६ हजार रुपैयाँसम्म जब ग्यारेन्टी शुल्क लिनेहरू पक्राउ परेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।

नयाँ बानेश्वरको सोसाइटी वेलफेयर म्यानेजमेन्टका सञ्चालक अर्घाखाँचीका अमर पाण्डे र तिलक पाण्डे, बालाजुको जब प्लेसमेन्टका सञ्चालक लमजुङका आनन्द मरहट्ठा, कोटेश्वरको एमएन मल्टिपर्पोसका सञ्चालक सिरहाका विवेक यादव र एबीएस जब ट्रेनिङ सेन्टरका सञ्चालक ओखलढुङ्गाका अश्विन राई पक्राउ परेका छन् ।

यस्तै कोटेश्वरमा सिन्धु रोजगारी सेवा सञ्चालन गर्ने सिन्धुलीका घनश्याम पहाडी, चावहिलमा प्राश्ना जब इन्टरनेशनल मल्टिप्रपोजका सञ्चालक रौतहटकी सृजना लामिछाने, कोटेश्वरको क्विकमाण्डु एमपी प्राइभेट लिमिटेडका सञ्चालक विराटनगरकी ज्ञानु न्यौपाने र कोटेश्वरमा अनमोल जब मल्टिपल प्राली सञ्चालन गर्ने रौतहटका रामवचनकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।  

उनीहरूले फारम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित सर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइ हाले पनि तोकिएअनुसार तलब र सुविधा नदिइ केही समयमा नै जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको अपराध महाशाखाले जनाएको छ । 

यस्तै कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी अर्को जब सेन्टरमा पठाएर त्यहाँसमेत फारम शुल्क असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा जागिर लगाइदिने प्रलोभनमा ठगी भइरहेको पाइएकाले रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गर्न सम्बन्धित सबैमा प्रहरीले अनुरोध पनि गरेको छ । 

 

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - २२:२७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology