Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रेमको उतारचढावमा ‘आधा खुशी’

प्रेमको उतारचढावमा ‘आधा खुशी’

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७८
प्रेमको उतारचढावमा ‘आधा खुशी’
images

काठमाडौं, २३ फागुन । निर्देशक घनश्याम लामिछाने निर्देशित टेलिफिल्म ‘आधा खुशी’को ट्रेलर रिलिज भएको छ । प्रज्ञा फिल्मस्को व्यानरमा निर्माण भएको टेलिफिल्मको लेखक प्रदीप भारद्वाज हुन् । पारिवारिक प्रेमकथामा निर्माण भएको ‘आधा खुशी’ले एक युवाको प्रेममा आउने उतारचढावको कथा भन्छ ।

प्रज्ञा जोशीले निर्माण गरेको टेलिफिल्ममा सरोज खनालब, प्रज्ञा जोशी, लव शर्मा, भावु लम्साल, रिस्ता बस्नेत, सुस्मा कार्की, तेज गिरी, पुष्प लुँइटेल, दिपेश लामिछाने, निभा अधिकारी, विष्णु गौतम, राजेन्द्र थापा, राजकुमार फुँयाल, संगीता बस्याल, अस्मिता खनाललगायतका कलाकारको अभिनय रहेको छ ।

यो टेलिफिल्म चैत ७ गतेदेखि सिटि वान टेलिभिजन र ओएसआर मुभिजबाट प्रसारणमा आउँदै छ । टेलिफिल्ममा हरि लामा घलेको छायांकन, मिलन श्रेष्ठको सम्पादन, जुनिम गहतराजको कलर, श्याम लामाको मेकअप, बिकास चौधरीको संगीत रहेको छ । सिरियलकी सहलेखक सबु सुवेदी हुन् ।

निर्देशक लामिछानेले यसअघि ‘धौली’, ‘पन्चेबाजा’ र ‘अग्निदहन’ लगायतका फिल्म निर्देशन गरिसेकका छन् । निमात्री जोशी पनि टेलिफिल्म ‘सिन्दुर’ पछि टेलिफिल्म निर्माणमा फर्किएकी छन् । उनले ‘सम्झना’, ‘सपूत’, ‘न बिर्से तिमीलाई न पाए तिमीलाई’, ‘नोटबुक’ लगायतकाका फिल्म निर्माण गरिसकेकी छन् ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - ०८:४७:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology