Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लमजुङको काउलेपानीमा लालीगुराँस प्याकेज

लमजुङको काउलेपानीमा लालीगुराँस प्याकेज

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७८
लमजुङको काउलेपानीमा लालीगुराँस प्याकेज
images

लमजुङ, २३ फागुन । लमजुङको बेसीशहर नगरपालिका-३ गाउँशहरमा रहेको काउलेपानी होमस्टेमा लालीगुराँस प्याकेज सुरु भएको छ ।

काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देववहादुर गुरुङले विगतको वर्षजस्तै यस वर्ष पनि फागुन महिनामा लालीगुराँस प्याकेज सुरु भएको हो । वनमा लालीगुरास लटरम्म फुलेको र पर्यटकको आकर्षण लालीगुराँस भएकोले उक्त प्याकेजलाई निरन्तरता दिइएको अध्यक्ष गुरुङको भनाइ छ ।

काउलेपानीमा नेपालका सबै जिल्लाका आन्तरिक पर्यटक आउने गरेका छन्, होमस्टे अध्ययनकर्ता समेत आउँछन् । विशेष गरेर स्कुल, कलेजका विद्यार्थी धेरै आउने गरेको उनले बताए ।  सन् २०११ मा काउलेपानीमा घरबास कार्यक्रम सुरु गरिएको हो । २५ घरधुरी रहेको काउलेपानीमा  १५ घरमा होमस्टे सञ्चालन भएको छ । जसमा ८४ बेड छ ।

समुन्द्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत १४ वटा हिमश्रृङ्खला देख्न सकिन्छ । शाहबंसिय राज्यको उदय भएको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देबीको मन्दिर, कोट, किल्ला, गढी प्रत्यक्ष रुपमा अवलोकन गर्न पनि काउलेपानी जानुपर्ने हुन्छ ।काउलेपानीमा विशेष गरी गाउँमै उत्पादित अर्गानिक खानालाई जोड दिइएको छ । लमजुङ सदरमुकाम बेसीशहरबाट नजिकै रहेको काउलेपानी जाने पर्यटकका लागी प्याकेजको व्यवस्था गरिएको छ ।

काउलेपानीमा १२ महिने पर्यटकहरुको मन लोभ्याउने प्रशस्तै रमणियस्थल अनि मनोरम दृश्यावलोकन गर्न सकिन्छ । काउलेपानीमा चैत्र र बैशाखमा काफल र ऐंसेलु प्याकेज, जेठ महिनामा जडिबुटी प्याकेज, असारमा धान रोपाई प्याकेज र साउनमा कोदो रोपाई प्याकेज रहेका छन् । यसैगरी भदौ महिनामा नेवार समुदायको जात्रा प्याकेज, असोजमा रोटेपिङ प्याकेज, कात्तिकमा कटुस प्याकेज, मसिरमा दाँइ प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज, माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ । लमजुङको सदरमुकाम वेसीशहरबाट मोटरमा करिव ८ किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी पैदलयात्राबाट डेढ घण्टामा पुग्न सकिन्छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - ०८:३७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology