आँबुखैरेनी, २२ फागुन । स्थानीय तहको निर्वाचन नजिकिएसँगै तनहुँको आँबुखैरेनी गाउँपालिकामा माओवादी केन्द्रले वडा वडामा कार्यालय संचालन गर्न थालेको छ। जस अन्तर्गत आज वडा नं. ४ को साखरमा वडा कार्यालय संचालनमा ल्याएको छ।
वडा नं. ४ मा स्थापना गरिएको वडा कार्यालयको माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य शुक्र चुमानले समुद्घाटन गरेका थिए। यस्तै कार्यक्रममा माओवादी केन्द्र आँबुखैरेनीका अध्यक्ष खगराज गौली, उपाध्यक्ष दुर्गा अर्याल, सचिव गंगाराम कोइराला, प्रदेश प्रतिनिधि राजु गुरुङ, मगर राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य जि.बि. राना लगायतको उपस्थिति रहेको थियो भने वडा कमिटि अध्यक्ष नेत्र मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।