काठमाण्डौ, २२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धी सम्बन्धी प्रतिवेदन बुझाउनुभएको छ ।
आज शीतलनिवास पुगेर उहाँले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पनि बुझाउनुभएको छ ।
राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले परिषद्को आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पनि भण्डारी समक्ष बुझाएका राष्ट्रपतिको कार्यालयका प्रवक्ता समीर आचार्यले जानकारी दिनुभएको छ ।