Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रधानन्यायाधिस बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताब माथी छलफलको प्रक्रिया सुरू

प्रधानन्यायाधिस बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताब माथी छलफलको प्रक्रिया सुरू

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०७८
प्रधानन्यायाधिस बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताब माथी छलफलको प्रक्रिया सुरू
images

काठमाण्डौ, २२ फागुन । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफलको प्रक्रिया अघि बढाएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति बनाएको हो ।

जसमा नेकपा एमालेका चार जना, नेपाली काँग्रेस र माओवादी केन्द्रका दुई–दुई जना तथा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना सांसद रहेका छन् ।  

प्रतिनिधिसभा नियमावली २०७५ अनुसार यो सिफारिस समितिले सदस्यमध्यबाट कसैलाइ सभापति चयन गरेर अध्ययन प्रक्रिया अगाडी बढाउनुपर्ने हुन्छ ।  सत्तारुढ गठबन्धनका ९८ सांसदले फागुन १ मा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

महाअभियोग प्रस्तावमा जबरामाथि न्यायपालिकाको जगेर्ना गर्न असक्षम रहेको, अदालतमा भ्रष्टाचार र विचौलियाले प्रवेश पाएको, संवैधानिक जिम्मेवारीको दुरुपयोग गरेको लगायतका २१ वटा आरोप लगाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १८:४३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology