Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

दमौली बजारमा लागेको आगो करिब साढे ४ घण्टापछि नियन्त्रणमा आयो

दमौली बजारमा लागेको आगो करिब साढे ४ घण्टापछि नियन्त्रणमा आयो

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०७८
दमौली बजारमा लागेको आगो करिब साढे ४ घण्टापछि नियन्त्रणमा आयो
images

अमरराज नहर्की, तनहुँ, २२ फागुन । तनहुँको सदरमुकाम दमौलीमा पर्ने व्यास नगरपालिका–४ मेनरोडमा लागेको आगो साढे ४ घण्टापछि नियन्त्रणमा आएको छ । भुपाल हार्डवर्यरबाट आईतबार विहान १० बजेबाट सुरु भएको आगो आईतबार दिउँसो २ः३० वजे नियन्त्रणमा आएको हो । आगोलागीबाट ज्योति जनरल सप्लायर्स हुँदै आसपासका करीव एक दर्जन घरमा क्षति पुगिको थियो ।

आगलागी अनियन्त्रित भएपछि आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानी सहितको सिम्रिक एयरको हेलिकप्टर लिएर दमौलीमा आउनु भएको थियो ।

हेलिकप्टरको प्रयोग विना आगो नियन्त्रण लिन असम्भव भएको खबर पाएपछि नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडसँग समन्वय गरी हेलिकप्टर लिएर आएको मन्त्री श्रेष्ठले बताउनुभयो । मन्त्री परिषदको वैठकबाट अग्नी पीडितको राहतको लागि पहल कदमी गर्ने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । ‘म तनहुँवासी भएकोले आगो नियन्त्रणको स्वएम् उपस्थित भएर हेलिकप्टर लिएर आएको हुँ’ मन्त्री श्रेष्ठले भन्नुभयो । क्षतिको अवस्थाको जानकारी लिन र पीडितलाई शान्त्वना दिनको लागि दमौलीमा आएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

हेप्लीकप्टरका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा व्यास नगर प्रहरी परिचालन गरेको आगो नियन्त्रण गरिएको थियो । विहान १० बजे लागेको आागो दिउँसो २ः३० वजेबाट नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । ७ वटा घरमा आगोले क्षेती पु-याएको र आगो निभाउनको लागि चार वटा टहरा डोजरले भत्काउनु परेको प्रजिअ अर्यालले जानकारी दिनुभयो । आगाडिको भागमा रहेको समान सुरक्षाकर्मी तथा स्थानीय वासिन्दाले सुरक्षित गर्ने काम गरिरहेका छन् । विद्युत सट भई आगो लागि भएको अनुमान प्रहरीको छ । आगोलागि भएपछि दमौलीको विद्युत सेवा अवरुद्ध भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १५:५६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology