Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुनसरी धरानकी सञ्चारकर्मी तथा अधिकारकर्मी सुनिता केसी मृत भेटिए

सुनसरी धरानकी सञ्चारकर्मी तथा अधिकारकर्मी सुनिता केसी मृत भेटिए

इच्छाकामना न्युज

२२, फाल्गुण २०७८
सुनसरी धरानकी सञ्चारकर्मी तथा अधिकारकर्मी सुनिता केसी मृत भेटिए
images

सुनसरी, २२ फागुन । धरानकी सञ्चारकर्मी तथा अधिकारकर्मी सुनिता केसी मृत अवस्थामा भेटिएकी छिन् । 

images
images

सञ्चार क्षेत्र र विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकी धरान–१५ पुष्पलाल मार्गकी सुनिता केसी आज दिउसो घरमै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

मृत्युको कारण खुल्न सकेको छैन । पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्यसमेत रहेकी केसी घरको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी महिला सञ्जाल धरान नगरकी सदस्य समेत हुन् । 

केसी नेपाल पत्रकार महासङ्घ सुनसरीको साधारण सदस्य, धरानस्थित इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हिरासत भवनको अध्यक्ष र आसरा सुधार केन्द्रकी सदस्य पनि हुन् । 

 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १५:४९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology