Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

समान काममा असमान ज्यालाले डडेलधुराका महिलाहरूमाथि विभेद 

समान काममा असमान ज्यालाले डडेलधुराका महिलाहरूमाथि विभेद 

images

सिआईएन

२२, फाल्गुण २०७८
समान काममा असमान ज्यालाले डडेलधुराका महिलाहरूमाथि विभेद 
images

ममता भट्ट, डडेल्धुरा, २२ फागुन । नेपालको संविधान २०७२ ले समान काममा समान पारिश्रमिक पाउनुपर्ने विषयलाई मौलिक हक अन्तर्गत राखेको छ । समानताको हकले समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गर्न नहुने व्यवस्था गरेको छ । तर, संविधानकै उल्लङ्घन गर्दै डडेलधुरामा एकै किसिमको कामको लागि दिईने पारिश्रमिकमा भने लैङ्गिक विभेद भइरहेको छ ।

डडेलधुरा अमरगढिका मिना आलेमगर जिल्ला सदरमुकाममै काम गर्नुहुन्छ । काम गर्ने समय दैनिक ८ देखि १० घण्टा । उहाँले पाउने पारिश्रमिक हो दैनिक ५ सय । उहाँसँगै पुरुषहरूले पनि काम गर्छन् । तर, पुरुषको पारिश्रमिक १ हजार रहेको छ ।डडेलधुरामा ज्याला मजदुरी गर्ने पुरुष भन्दा महिलाको सङ्ख्या धेरै रहेको छ ।

हाल जिल्लाभरी लगभग ४ सयदेखि ५ सयसम्मले नियमित रुपमा निर्माण क्षेत्रमा काम गर्दै आएका छन् । जसमा आधा भन्दा धेरै महिला रहेका छन् ।महिला र पुरुषको काम र मेहनेत बराबरी छ । तर, पारिश्रमिक भने कम । ज्याला मजुरी र निर्माणको काममा निजि क्षेत्रमा मात्रै होइन, सरकारी र गैह्र सरकारी क्षेत्रमा पनि पारिश्रमिकमा विभेद हुने गरेको छ ।

पुरुष मजदुर सरह नै दिनभरी काममा खटिदा समेत तलबमा विभेद हुँदा नराम्रो लाग्ने महिलाहरूको गूनासो रहेको छ । बढ्दो शहरीकरणका कारण र श्रमबजारमा पुरुषसँगै महिलाहरूको सङ्ख्या बढिरहेको छ । ठेकेदार तथा रोजगार प्रदायकहरू पहिलेदेखि नै चलेको चलन भएकाले महिला मजदुरलाई पुरुषको तुलनामा कम पारिश्रमिक दिएको बताउँछन् ।

जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सञ्चालित विभिन्न विकास निर्माणका काममा पुरुषले दैनिक १ हजार र महिलाले पाँच सय ज्याला बुझ्ने गरेका छन् । डडेल्धुरामा ढुङ्गा बोक्ने, घर पोत्ने, प्लास्टर गर्ने, सडक खन्ने र भारी बोक्ने जस्ता काममा महिलाहरूकै बढी प्रयोग हुने गरेको छ ।

सडक निर्माण, खानेपानी, सिँचाइ जस्ता भौतिक पुर्वाधारका योजना निर्माणदेखि भवन र घर निर्माणका काममा पनि महिलाहरू खटिन्छन्, तर ज्याला भने आधा कम रहेको छ । डडेलधुरा सहित सुदुरपश्चिममा समान काममा समान पारिश्रमिक पाउनुपर्ने संवैधानिक हक नै कार्यान्वयन हुन सकेको छैन । 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - ०९:४४:११ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology