Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यथाशक्य संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता 

यथाशक्य संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता 

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७८
यथाशक्य संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता 
images

काठमाण्डौ, २१ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी जनताको सेवा गर्न निजामती कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

आज काठमाडौंमा नेपाली काँग्रेसको कर्मचारी युनियनको आठौँ महाधिवेशनमा प्रधानमन्त्री देउवाले यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले राज्यका स्रोत साधान सम्पत्तिको सुरक्षा गर्ने निजामती कर्मचारी अहिलेको आवश्यकता रहेको बताउदै मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारीहरुको देश अगाडि बढ्न महत्वपूर्ण भूमिका रहेको पनि बताउनुभयो ।  

प्रधानमन्त्री देउवाले राष्ट्रसेवक कर्मचारीको व्यवहार सरकारको व्यवहार हुने भएकोले जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने, सुशासनले नै मुलुकको विकास हुने भएकोले कर्मचारीहरू मर्यादित र जिम्मेवार हुन आवश्यक रहेको धारणा राख्नुभयो ।  कुनैपनि सरकारको योजनाको सफलता कर्मचारीमा निर्भर रहेको बताउँदै उहाँले राज्यलाई अगाडि बढाउनका लागि निजामती कर्मचारी मर्यादित र अब्बल रहनुपर्नेमा जोड दिनुभएको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - २०:५७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology