Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज पहाडी भू–भागमा आंशिक मौसम बदली, बाँकी भू–भाग सफा रहने 

आज पहाडी भू–भागमा आंशिक मौसम बदली, बाँकी भू–भाग सफा रहने 

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७८
आज पहाडी भू–भागमा आंशिक मौसम बदली, बाँकी भू–भाग सफा रहने 
images

चितवन, २१ फागुन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू–भागमा मौसम बदली रहने बताएको छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको हुनाले देशको पहाडी भू–भागमा मात्रै मौसम बदली रहने छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेबताइएको छ ।

आज राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ। महाशाखाले देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - ०९:२८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology