Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

रिक्त राजदूत नियुक्तिका लागि प्रधानमन्त्री छलफलमा व्यस्त 

रिक्त राजदूत नियुक्तिका लागि प्रधानमन्त्री छलफलमा व्यस्त 

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७८
रिक्त राजदूत नियुक्तिका लागि प्रधानमन्त्री छलफलमा व्यस्त 
images

काठमाण्डौ, २१ फागुन । एमसीसी संसदबाट पारित भएपछि सरकार राजदूत नियुक्तिका विषयको छलफलमा केन्द्रीत बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत नियुक्तिको विषयलाई प्राथमिकता दिएर छलफल थाल्नुभएको छ । प्रधानमन्त्री देउवाले यस विषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि आन्तरिक छलफल गर्नुभएको छ भने सत्ता साझेदार दलका नेताहरूसँग पनि परामर्स थाल्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई राजदूतको नाम दिन आग्रह गर्नुभएको छ । नेपालका लागि विभिन्न २० देशका राजदूतको पद रिक्त रहेकाले सरकारले यसको पदपुर्तीको लागि कसरत थालेको हो । 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - ०९:१९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology