Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने

एजेन्सी

२१, फाल्गुण २०७८
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने
images

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई  सम्बोधन गर्ने भएका छन् । जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरहरुसँग रुसी संकटबारे छलफल गर्ने भएका छन् । 

images
images

युक्रेनमा युद्ध चर्किरहेका बेला केही अमेरिकी सांसदहरुले राष्ट्रपति जो बाइडेनलाई रुसविरुद्ध कडा कदम चाल्न अनुरोध गर्दै आएका छन् । रुसी तेलको आयातमा प्रतिबन्ध लगाउन उनलीहरुले राष्ट्रपतिसँग अनुरोध गर्दै आएका थिए ।

रुसी तेल आयातमा प्रतिबन्ध लगाउने सम्भावित अमेरिकी कदमले तेलको मूल्य अझ बढी बढ्न सक्ने र मुद्रास्फीतिले थिचिएका अमेरिकी उपभोक्ताहरूलाई अझै असर गर्ने ह्वाइट हाउसको विश्लेषण छ । 

यसैबीच, रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले रुसी राष्ट्रपतिको हत्या गर्न रुसभित्रकै कसैलाई आह्वान गरेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - ०९:०८:१५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology