Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पीडितको गोपनीयताको भंग गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

पीडितको गोपनीयताको भंग गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०७८
पीडितको गोपनीयताको भंग गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी
images

काठमाडौं, २० फागुन । एक नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक अभिनेता पक्राउ परेको विषयमा प्रविधिको दुरुपयोग गरी सार्वजनिक भइरहेका भिडियो, तस्बिर र विचारप्रति नेपाल प्रहरीले चासो व्यक्त गरेको छ । 

पीडितको गोपनीयता भंग हुने गरी भइरहेका गतिविधिप्रति चासो राख्दै प्रहरीको साइबर ब्यूरोले यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने बताएको छ । 
पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको भन्दै ब्युरोले यस्ता क्रियाकलापहरू विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने बताएको छ । 

प्रहरीले यस्ता गतिविधिले अनुसन्धानमा समेत बाधा पुग्ने भएको पनि जनाएको छ । 

‘विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सूचित गर्दै यस्ता प्रकारका गतिविधि नगर्नु हुन सम्पूर्णमा साइबर व्यूरो अनुरोध गर्दछ,’ ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

police.png.png

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - १९:०४:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology