Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रधानमन्त्री देउवाले भने- अल्पसंख्यक र सीमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील

प्रधानमन्त्री देउवाले भने- अल्पसंख्यक र सीमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०७८
प्रधानमन्त्री देउवाले भने- अल्पसंख्यक र सीमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील
images

काठमाडाैं, १९ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील रहेको बताएका छन् ।

शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार तथा नयाँ वर्ष २१४९ क्षु-फो-ताक्लोको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित एवं धार्मिक, सांस्कृतिक पर्व र परम्पराको संरक्षणमा सरकार क्रियाशील रहेकाे बताएका हुन् ।

नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक रहेकाे उल्लेख गर्दै देउवाले भनेका छन्,' यहाँ हरेक जातजातिका आ–आफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति छन् । सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान हो ।'

उनले स्वास्थ्य मापदण्डको पालना गरी नयाँ वर्षलाई हर्षोल्लासपूर्वक मनाउन अनुरोध गरेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - ०८:३७:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology