Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि, उदघाटन खेलमा मनाङ र दिल्ली भिड्दै

सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि, उदघाटन खेलमा मनाङ र दिल्ली भिड्दै

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०७८
सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि, उदघाटन खेलमा मनाङ र दिल्ली भिड्दै
images

धनगढी, १९ फागुन । धनगढीमाआजदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरू हुँदैछ ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अनुसार भारतको दिल्लीबाट एउटासहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने छ ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको बताउदै प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुगेकाे जानकारी दिए ।

हमालका अनुसार प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन् । 
प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लव रहेका छन् । नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उप–विजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन् । आयोजकले खप्तड गोल्डकप फुटबल जगतमा देशकै सर्वाधिक धनराशी भएको प्रतियोगिता भएको दावी गरेको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - ०८:२८:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology