Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सशस्त्र प्रहरीमा जागिर खान उत्तरपुस्तिकामा चिट नै स्टिच, हर्कत गर्ने पाँच परीक्षार्थीलाई लोकसेवाले लगायो एक वर्षे प्रतिबन्ध

सशस्त्र प्रहरीमा जागिर खान उत्तरपुस्तिकामा चिट नै स्टिच, हर्कत गर्ने पाँच परीक्षार्थीलाई लोकसेवाले लगायो एक वर्षे प्रतिबन्ध

images

इच्छाकामना न्युज

१८, फाल्गुण २०७८
सशस्त्र प्रहरीमा जागिर खान उत्तरपुस्तिकामा चिट नै स्टिच, हर्कत गर्ने पाँच परीक्षार्थीलाई लोकसेवाले लगायो एक वर्षे प्रतिबन्ध
images

काठमाडौं, १८ फागुन । सशस्त्र प्रहरी बल जवानको परीक्षामा अनियमित कार्य गरेको आरोपमा लोकसेवा आयोगले पाँच परीक्षार्थीलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।

उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरेर अर्काे परीक्षार्थीको विवरण राख्ने तथा चिट चोरी गरेको पाइएपछि लोकसेवाले ती पाँच परीक्षार्थीको लिखित परीक्षा रद्द गरेको हो । साथै आगामी एक वर्षसम्म आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नदिने निर्णय आयाेगले गरेकाे छ ।

रामेछापको उमाकुण्ड गाउँपालिकाका प्रकाश श्रेष्ठले उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरी अर्काे परीक्षार्थीको विवरण लखेको पाइएको आयोगले जनाएको छ । 

त्यस्तै, सर्लाहीका रवी रन्जनले चिट चोरेको पाइएको छ भने  जाजरकोटका जयबहादुर बढाले सिंगै पाना चिट मूल उत्तरपुस्तिकामा स्टिच गर्न खोजेका थिए ।

सुर्खेतका भूपेन्द्र वलीले सुरुमा आफ्नो विवरण लेखेर परीक्षा दिएका थिए । तर, उत्तरपुस्तिका बुझाउँदा केरमेटर गरेर गणेश वलीको नाम लेखेको पाइएको छ । सोही ठाउँका गणेश वलीले भने उत्तरपुस्तिका केरमेट गरेर भूपेन्द्र वलीको नााम लेखेर उत्तरपुस्तिका बुझाएको पाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - ०९:०६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology