Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज मिति २०७८ साल फागुन १८ गते बुधबार : यस्तो छ तपाइको राशिफल

आज मिति २०७८ साल फागुन १८ गते बुधबार : यस्तो छ तपाइको राशिफल

images

इच्छाकामना न्युज

१८, फाल्गुण २०७८
आज मिति २०७८ साल फागुन १८ गते बुधबार : यस्तो छ तपाइको राशिफल
images

मेषः आजको दिन राम्रो छ। एकादश स्थानमा मित्रका साथमा चन्द्रमाले भ्रमण गर्दै गर्दा धेरै राम्रो हुन्छ। ठूलो योजना छनोट गर्दा सफलता हात लाग्नेछ। राजनीति, सामाजिक, आर्थिक र व्यवसायिक क्षेत्रमा यथावत रहेपनि दाम्पत्य जीवन सुखमय रहने छ।

वृषः दिन सामान्य राम्रो छ। आज बोलीमा दोष रहेको छ। हतारमा निर्णय नगर्नुहोला। प्रतिस्पर्धी सक्रिय छन्। पूजाआजाबाट फाइदा मिल्नेछ। व्यापार व्यवसायमा प्रभाव बढ्नेछ। आज दक्षिणतिरको यात्रा सकभर नगर्नुहोला।

मिथुनः दिन सामान्य राम्रो छ। विद्याको स्थानमा त्रिकोणमा चन्द्रमा र वृहस्पतिभित्र ग्रह लिएर बसेका हुनाले निकै राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ। सभा समारोहमा मानसम्मान बढ्नेछ। अरु क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्नेछ।

कर्कटः दिन सामान्य राम्रो छ। शुभ ग्रहहरुबाट पाउनुपर्ने फल नपाएको अवस्था छ। आफूले गर्दै आएका दैनिक कार्यलाई मात्र निरन्तरता दिनुहोला। आजको दिन नयाँ कार्यको थालनी नगर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट भने राम्रो नतिजा पाउने योग रहेको छ।

सिंहः दिन राम्रो छ। बोलीको प्रभावले प्रशंसा गर्नेहरु बढ्नेछन्। राम्रा योजना बनाएर कार्यतालिका अनुसार अघि बढे फाइदा हुनेछ। जीवनसाथी छान्ने दिनका लागि उपयुक्त रहेको छ।

कन्याः दिन सामान्य राम्रो छ। दैनिक कार्यहरु यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा उदय रहेको छ। पठनपाठनमा रुची बढ्नेछ। स्वास्थ्यमा भने समस्या हुने भएकाले आफ्नो ख्याल गर्नुहोला।

तुलाः दिन सामान्य राम्रो छ। अचानक खर्च बढ्नेछ। आफ्नो परिवारमार्फत खर्च गर्नुहोला। राजनीतिमा संगठन बलियो हुनेछ। शिक्षाको क्षेत्र फराकिलो छ। अध्ययन अध्यापनमा सन्तोषजनक छ। स्वास्थ्यमा भने सुधार आउनेछ।

वृश्चिकः दिन सामान्य राम्रो छ। साथीभाइसँग वादविवाद हुनेछ। सन्चित सम्पत्तिबाट गरेको काममा सफलता मिल्नेछ। दाजुभाइको भर पर्दा कामहरु अधुरा रहनेछन्, आफै अगाडि बढ्नुहोला। पारिवारिक क्षेत्रलाई सामान्य तरिकाले चलाउनु ग्रहहरुले राम्रो साथ दिँदैनन्।

धनुः दिन सामान्य राम्रो छ। बोलीमा ख्याल नगर्दा साथीभाइसँगको सम्बन्ध बिग्रनेछ। नयाँ योजना बनाउन सक्नुहुनेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्रहरु यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको लगानीबाट गुणात्मक लाभ मिल्नेछ।

मकरः दिन सामान्य छ। अधुरा काम बन्नेछन्। शिक्षाको क्षेत्रमा रोकिएका काम अगाडि बढाउनुहोला। नयाँ सम्बन्धको सुरुवात हुनेछ। यो सम्बन्धले लाभ मिल्नेछ।

कुम्भः दिन राम्रो छ। व्यापार व्यवसायको क्षेत्रमा फाइदा हुनेछ। लगानी गर्नुहोला। धार्मिक क्षेत्रमा भ्रमण गर्ने योग रहेको छ। आज गरेको दानले ठूलो फाइदा मिल्नेछ।

मिनः दिन सामान्य राम्रो छ। काम सफल गर्नुपर्ने भए आफन्तको साथ लिनुहोला। मित्रहरुको सहयोगले फाइदा मिल्नेछ। आफ्नो योजना अरुलाई नसुनाइ अगाडि बढ्नुहोला। यसले ठूलो उपलब्धि मिल्नेछ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - ०८:०७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology