Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रमुख प्रशासकिय अधिकृतको सरुवा गर्न मन्त्रालय धाउने जनप्रतिनिधिको सङ्ख्या बढ्दै 

प्रमुख प्रशासकिय अधिकृतको सरुवा गर्न मन्त्रालय धाउने जनप्रतिनिधिको सङ्ख्या बढ्दै 

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
प्रमुख प्रशासकिय अधिकृतको सरुवा गर्न मन्त्रालय धाउने जनप्रतिनिधिको सङ्ख्या बढ्दै 
images

काठमाण्डौ, १७ फागुन । स्थानीय तहको निर्वाचन नजिकिएसँगै कर्मचारीको सरुवा माग गर्ने जनप्रतिनिधिको सङ्ख्या बढेको छ । पालिकाको प्रमुख प्रशासकिय अधिकृत परिवर्तन गर्नुपर्ने वा निमित्तको भरमा पालिका सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै जनप्रतिनिधिहरू दैनिक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुग्ने गरेका छन् ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले कर्मचारी परिवर्तन गर्नुपर्ने कारण बताउन नसक्ने जनप्रतिनिधि महिना दिनसम्म मन्त्रालय धाउने गरेको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा विजयी गराउन प्रमुख प्रशासकिय अधिकृतको दायीत्व हुने जस्तैगरि कर्मचारी फेरबदल गर्न जनप्रतिनिधि लागिपर्नु गलत भएको अधिकारीको भनाइ छ ।

कर्मचारी अभावमा नै कार्यकाल सकिनै लाग्दा आफू अनुकुल निर्णय गराउन तथा आयोजना छनोट र पारित गराउन सजिलो बनाउन पनि कतिपय स्थानीय तहले आफू अनुकुल कर्मचारी राख्ने गरेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ०९:४६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology