Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यसरी भयो अविवाहित र विवाहित सुन्दरीहरुको छनोट

यसरी भयो अविवाहित र विवाहित सुन्दरीहरुको छनोट

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
यसरी भयो अविवाहित र विवाहित सुन्दरीहरुको छनोट
images

काठमाडौं । राजधानीमा एकसाथ एकै मञ्चमा सम्पन्न अविवाहित र विवाहित युवतीबीचको सौन्दर्य प्रतियोगितामा यसिमा मल्ल ठकुरी ‘मिस ब्युटिफुल नेपाल २०२२’ र रोजिना अधिकारी ‘मिसेस ब्युटिफुल नेपाल २०२२’ विजेता बनेका छन् । यसिमाले ‘मस्ट आइकनिक आइज’ तथा रोजिनाले ‘मस्ट ट्यालेन्टेड’ र ‘युट्युब मस्ट भ्युज’ उपाधि जिते ।

दक्ष इन्टरनेसनलले राजधानीमा आयोजना गरेको अविवाहित युवतीहरुबीचको सातौं संस्करणको ‘मिस ब्युटीफुल नेपाल २०२२’ मा अनिता खत्री (निसो) ‘फस्ट रनर अप’सँगै ‘मस्ट पपुलर’ र ‘मस्ट पञ्चुअल’, खुश्बु अग्रवाल ‘सेकेण्ड रनर अप’सँगै ‘युट्युब मस्ट भ्युज’ र ‘वेस्ट स्कीन’ तथा अन्शु अर्याल ‘थर्ड रनर अप’सँगै ‘मस्ट डिसिप्लेन’ घोषित भए ।

प्रतियोगितामा ‘मिस ब्युटीफुल नेपाल २०२२’ मा विधागततर्फ विनिता राना ‘वेस्ट र्याम्पवक’ र ‘फेसन आइकन’, शिल्पा बजिको ‘वेस्ट स्माइल’ र ‘मल्टी मिडिया च्वाईस’, नम्रता अधिकारी ‘मस्ट फोटोजेनिक’, उर्मिला बस्नेत ‘वेस्ट ट्यालेन्ट’, उषा घिमिरे ‘वेस्ट डान्सर’, माया पाण्डे ‘मस्ट एक्टिभ’, अस्मिता बखरेल ‘वेस्ट फिजिक’, गीता प्रसाईं ‘वेस्ट पर्सनालिटी’ र रञ्जना शाही ‘वेस्ट हेयर’ बने ।

छैठौं संस्करणको विवाहित महिलाबीचको ‘मिसेस व्युटिफुल नेपाल २०२२’ मा माया श्रेष्ठ (मतिना) ‘फस्ट रनर अप’सँगै ‘वेस्ट र्याम्पवक’ र ‘वेस्ट डान्सर’, इन्दु कुँवर ‘सेकेण्ड रनरअप’ र ‘मस्ट पपुलर’सँगै ‘मस्ट पञ्चुअल’, सुनीता शाह ठकुरी ‘मेनेजमेन्ट च्वाइस’ तथा ‘वेस्ट स्माइल’, सुमित्रा बज्राचार्य ‘मस्ट डिसिप्लेन्ड’ र कल्पना पासवान ‘मस्ट फोटोजेनिक’मा अब्बल बने ।

कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको कार्यक्रममा कलाकार उत्तम केसी, प्रेम पाण्डे र करुणा पाण्डे, निर्देशक कल्याण अधिकारी, कोरियोग्राफर अश्विनी झा, सौन्दर्यकर्मी रचना शाक्य, रेणु शाक्य र गीता पौडेल तथा इभेन्ट आयोजक अश्विनी झालाई सम्मान गरिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ०९:१४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology