Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

मन्त्रीमण्डल पुर्नगठन हुने : वामदेव र नारायणकाजीलाई महत्वपूर्ण मन्त्रालय दिने तयारी

मन्त्रीमण्डल पुर्नगठन हुने : वामदेव र नारायणकाजीलाई महत्वपूर्ण मन्त्रालय दिने तयारी

Sobizpress SuAdmin

१८, भाद्र २०७७
मन्त्रीमण्डल पुर्नगठन हुने : वामदेव र नारायणकाजीलाई महत्वपूर्ण मन्त्रालय दिने तयारी

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठनको तयारीमा लागेका छन्। पार्टी भित्रको आन्तरिक समिकरण मिलाउन प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठनको तयारी गरेका हुन्।

images

अब हुने मन्त्रीमण्डल पुर्नगठनमा दुईजना उपप्रधानमन्त्री थप्ने तयारी उनको छ । जसमा दुई जना सचिवालय सदस्यको चर्चा छ।

वामदेव गौतम र नारायणकाजी श्रेष्ठ नेकपाको उपल्ल्लो तहबाट मन्त्रीमण्डलमा सहभागी हुन लागेका हुन्।

प्रधानमन्त्री ओलीले यसअघि नै पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित सदस्य बनाएर उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने प्रस्ताव गरिसकेका छन् ।

गौतमलाई आफूपछि वरियतामा पहिलो स्थानमा राखेर ओलीले सरकारमा लैजान लागेका हुन् । उनलाई अर्थ मन्त्रालय दिने योजनामा प्रधानमन्त्री ओलीको छ  ।

राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले मनोनयन गर्ने एउटा सिट बाँकी छ । सोही कोटामा पार्टी उपाध्यक्ष वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाले निर्णय गरिसकेको छ ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो हप्ता मनोनयन गर्ने र त्यस लगत्तै नारायणकाजीसँगै मन्त्रीको सपथ लिनुहुने बताइएको छ ।

उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्रीका लागि प्रस्ताव गरिएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटाबाट श्रेष्ठको नाम प्रस्ताव भएको हो ।

श्रेष्ठ राष्ट्रियसभा सदस्य रहेका छन् । उनलाई गृह मन्त्रालयको जिम्मा दिने बारे छलफल चले पनि कुनै टुङ्गो लागेको छैन। उनले महत्वपूर्ण मन्त्रालय पाउने बताइएको छ ।

उनलाई वरियतामा प्रधानमन्त्रीपछिको स्थानमा दिनुपर्ने विषय पनि चर्चामा छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - ०५:४३:३२ बजे

Sobizpress SuAdmin

He is chief editor of our media and continously working for society.

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology