Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमसीसी पास गर्न अमेरिकाले दिएको समय सकिदै, तीन दिन बाँकी

एमसीसी पास गर्न अमेरिकाले दिएको समय सकिदै, तीन दिन बाँकी

images

इच्छाकामना न्युज

१३, फाल्गुण २०७८
एमसीसी पास गर्न अमेरिकाले दिएको समय सकिदै, तीन दिन बाँकी
images

काठमाडौं, १३ फागुन । एमसीसी सँगको सम्झौतामाथि छलफल थाल्न संसद् बैठक बस्दै छ । आज दिउँसो १ बजे संसद् बैठक बस्नुअघि नै सहयोग खोज्दै सत्तासीन कांग्रेसले विपक्षी एमालेसँग छलफल गर्ने छ । हिजोबाटै सम्झौतामाथि सैद्धान्तिक छलफल गर्न संसद्को कार्यसूची तय गरिएको थियो । तर थप राजनीतिक छलफल आवश्यक परेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक आजका लागि स्थगित गरिएको हो ।

सत्ता गठबन्धमा रहेका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौताको विपक्षमा मत हाल्ने निर्णय गरिसकेका छन् भने जनता समाजवादी पार्टी (जसपा) अनिर्णित छ । कित्ता प्रस्ट पार्न जसपा कार्यकारिणी समितिको बैठक आज बस्दै छ । सरकार नेतृत्वकर्ता कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौता अनुमोदनको पक्षमा मत दिने निर्णय गरिसकेका छन् ।

त्यसैले कांग्रेसले अहिले एमालेको सहयोग खोजिरहेको छ । उसले साथ दिएको अवस्थामा एमसीसीमाथि सैद्धान्तिक छलफल चलाउन र अनुमोदन गर्न सजिलो हुने छ । यद्यपि, एमालेका केही सर्त छन् । यसबारे आज छलफल हुने सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिकमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले ८ फागुनमा एमसीसी सदनमा टेबल गरेको हो । एमालेले साथ दिए आजको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल हुनेछ । एमसीसी सम्झौता १६ फागुन १६ (फेब्रुअरी २८) भित्र अनुमोदन गर्नुपर्ने सर्त अमेरिकाको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - ०८:०४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology