रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।
युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ । जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि के भयो ?
एउटा भिडिओ सन्देशमा राष्ट्रपति जेलेन्सकीले रुसी आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूले ज्यान गुमाएको बताएका छन् । क्रेनको सेनाका अनुसार रुसले राजधानी किएभ घेर्ने अनि ब्ल्याक सीको तटसम्म पुग्ने बाटो सुरक्षित गर्ने रणनीति बनाएको छ । युक्रेनको सेनाले रुसी हमलाको जवाफमा आक्रमण गरिरहेको बताएको छ ।
युक्रेनमा भएका नेपालीलाई यस्तो छ सुझाव
जर्मनीस्थित नेपाली राजदूवासले युक्रेनमा रहेका नेपालीहरूलाई हवाईमार्गबाट तत्काल देश छोड्न सम्भव नदेखिएको भन्दै आफू सुरक्षित रहन र सम्भव भए सडक वा तथा रेलमार्गबाट पश्चिमी युक्रेनतिर अझ सुरक्षित स्थानमा जान सुझाव दिएको छ ।
एउटा विज्ञप्तिमार्फत् दूतावासले नेपाली नागरिकहरूलाई संयमित भई अहिले आफू बसोबास गरेको स्थानमा घरभित्रै बस्न र युक्रेन सरकार तथा अन्य निकायले जारी गरेको निर्देशन पालना गर्न लगायत विभिन्न सुझाव दिएको छ । स्रोत बीबीसी