Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

images

न्युज कारखाना

११, फाल्गुण २०७८
लागूऔषधसहित दुई जना पक्राउ
images

सुधा देव, सप्तरी, ११ फागुन । सप्तरी प्रहरीले लागूऔषधसहित दुई जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-१३ लक्ष्मीपुर बस्ने २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका वडा नम्बर बस्ने  ३४ वर्षीय विधानन्द चौधरी रहेका छन् ।

फतेपुरतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ४५९३ नम्बरको मोटरसाइकलमा लुकाएर लागूऔषध ब्राउन जस्तो देखिने खैरो पदार्थसहित मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता माधवप्रसाद काफ्ले जानकारी दिएका छन् ।

उनीहरूलाई सप्तरी सप्तकोसी नगरपालिका वडा नम्बर २ सखुवनीस्थित कञ्चनपुर फतेपुर आवतजावत गर्ने सडक खण्डमा फत्तेपुर प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलिले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - २२:०८:३६ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology