काठमाण्डौ, ११ फागुन । टी २० वरीयतामा नेपाल दुई स्थान तल झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको नयाँ वरीयताक्रम अनुसार टी २० वरीयतामा नेपालको स्थान खस्किएको हो । हिजो भएको सेमिफाइनलमा यूएईसँग पराजित भएसँगै नेपालको वरियता खस्किएको हो ।
यसअघि १३ औं स्थानमा रहेको नेपाल १५ औं स्थानमा झरेको छ । हिजै भएको खेलमा जित निकाल्दै युएई र आयरल्याण्डले भने वरीयतामा आफ्नो स्थान सुरक्षित गरेका छन् । नयाँ वरीयताक्रमले १२ औं स्थानमा यूएई, १३ औं स्थानमा स्कटल्याण्ड, १४ औं स्थानमा आयरल्याण्ड र १५ औं स्थानमा नेपाल रहेका छन् ।वरीयताको शीर्ष पाँचमा भारत, इङ्ग्ल्याण्ड, पाकिस्तान, न्युजिल्याण्ड र साउथ अफ्रिका छन् ।