Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नवलपुरको शास्वत धाम धार्मीक केन्द्र र पर्यटकिय गन्तव्यका रुपमा विकास हुँदै 

नवलपुरको शास्वत धाम धार्मीक केन्द्र र पर्यटकिय गन्तव्यका रुपमा विकास हुँदै 

इच्छाकामना न्युज

११, फाल्गुण २०७८
नवलपुरको शास्वत धाम धार्मीक केन्द्र र पर्यटकिय गन्तव्यका रुपमा विकास हुँदै 
images

माया कँडेल, नवलपुर, ११ फागुन । नवलपुर देवचुली नगरपालिकाको दुम्कौलीमा रहेको शाश्वत धाम धार्मीक केन्द्र र पर्यटकिय गन्तव्यका रुपमा विकास हुदै गएको छ । कोरोनाका कारण घुम्न आउनेको पर्यटकको सङ्ख्या कम त भएको छ, तर पनि शाश्वत धाममा निर्मीत कलाकृती र धार्मिक इतिहास झल्कने दस्तावेजले पर्यटकीय महत्व बढाएको छ ।

images
images

धाममा विभिन्न जातजातिको पहिचान झल्काउने भेषभुषाको पहिरन र अन्य कलाकृतिले मन लोभ्याएको लमही नगरपालिका दाङबाट अवलोकनका लागि आउनुभएका ईश्वरी थापाले बताउनुभयो । धाम घुम्न आउनेहरू बालबालिकादेखि जेष्ठ नागरिकसम्म रहेका छन् ।

अरु सामान्य समयमा ४ हजार देखि ६ हजार नागरिकले अवलोकन गर्ने यो धाममा अहिले लगभग दैनिक १२ सय मात्रै पर्यटक पुग्ने गरेका छन् । हालसम्म ५० लाख बढिले शाश्वत धामको अवलोकन गरिसकेका छन् । नेपालका विभिन्न जिल्लाबाट मात्र नभइ भारत सहित अन्य देशबाट पनि घुम्न आउनेहरू उत्तिकै रहेका छन् । साढे ७ रोपनीमा फैलिएको धाम घुमेपछि पर्यटक खुसी हुने गरेका छन् ।

यसबाट धार्मिक पर्यटनको बृद्धि भएको धामका सहायक महाप्रबन्धक अशोक घर्ती क्षेत्रीले बताउनुभयो । शाश्वत धाम धार्मिक र पर्यटकीय दुबै रुपमा परिचित हुदै गईरहेको छ । मन्दिरको तल रहेको हिन्दु सङ्ग्राहलय र  बुद्धिस्ट केन्द्रले शाश्वत धामको महत्व थप बढाएको घुम्न आउनेहरू बताउँछन् । 

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - ०९:३९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology