Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

श्रीमानको मृत्यु पछि रातो पहिरन लगाउने महिलाहरूको सङ्ख्या बढ्दै 

श्रीमानको मृत्यु पछि रातो पहिरन लगाउने महिलाहरूको सङ्ख्या बढ्दै 

images

सिआईएन

११, फाल्गुण २०७८
श्रीमानको मृत्यु पछि रातो पहिरन लगाउने महिलाहरूको सङ्ख्या बढ्दै 
images

सजना तिमल्सिना, काठमाडौँ, ११ फागुन । श्रीमानको मृत्यु पछि रातो पहिरन लगाउने महिलाहरूको सङ्ख्या बढ्दै गएको छ । हिन्दु परम्परा अनुसार श्रीमानको मृत्युपछि सिन्दुर, पोते, टीका, चुरा र रातो पहिरन लगाउन पाईदैन ।

यो मान्यता आफुहरूको स्वतन्त्रता विरुद्ध रहेको भन्दै महिलाहरू गलत परम्परा हटाउन लागिपरेका हुन् । २८ वर्षको उमेरमा श्रीमान गुमाउनुभएका नुवाकोटका सरिता अधिकारीले दिवंगत श्रीमानको आत्माले शान्ति पाउने विश्वास सहित रातो पहिरन लगाउन सुरु गरेको बताउनुभयो ।

नेपाली समाजमा अझै पनि एकल महिलाले मिठो मसिनो खान नहुने तथा सजिएर बस्न नहुने गलत मानसिकता छ । कतिपय अवस्थामा उनीहरूलाई पुजापाठ लगायतका काममा समेत संलग्न हुन दिंईदैन । केही महिला त्यस्ता कुसंस्कारको विरुद्धमा खुलेर लागेका छन् । साहित्यकार पुष्पलता आचार्यले १९ वर्षअघि नै एकल महिलाका लागि रातो अभियान सुरु गर्नुभएको थियो । यो अभियान अहिले पनि चलिरहेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागमा अहिलेसम्म ३ लाख ५५ हजार ४ जना ५५ जना एकल महिला सूचीकृत छन् । यी मध्ये कतिपय अझैपनि रातो लुगा लगाउन नहुने तथा मिठोमसिनो खान नहुने कुसंस्कारकै बीच बाँचिरहेका छन् । तर परिवर्तन आफैंबाट सुरु गरेकाहरु भने, समाजको व्यवहार फेरिंदै गएकोमा खुशी छन् ।

परम्परावादी समाजले यस्ता परिवर्तनलाई सहजै स्वीकार्दैन । तर एकल महिलाहरुको रातो लगाउने अभियान, सामाजिक सांस्कृतिक परिवर्तनका लागि मानक बनेको अधिकारकर्मीहरु बताउँछन् । 

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - ०९:३२:४४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology