Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल पुग्ने समीकरण यस्तो

टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल पुग्ने समीकरण यस्तो

images

इच्छाकामना न्युज

८, फाल्गुण २०७८
टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल पुग्ने समीकरण यस्तो
images

काठमाडौं, ८ फागुन । आईसीसी पुरुष टी-२० विश्वकप छनोट ‘ए’ को सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ । दुई समूहका टोलीबीच दुई दुई खेल हुँदा प्रतियोगिताको सेमिफाइनल समीकरण थप रोमाञ्चक भएको हो । 

ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टोली ग्लोबल छनोटमा स्थान बनाउने छन् । त्यसअघि सहभागी टोली शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्न संघर्ष गरिरहेका छन् । 

समूहको अन्तिम खेलमा जर्मनीले आयरल्यान्डको सामना गर्दैछ भने बहराइनले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ । यता, क्यानडा र नेपाल भिड्दा ओमानले फिलिपिन्सको चुनौती पछ्याउनेछ । समूह ए को खेलमा यूएई सँगै बहराइन र आयरल्यान्ड सेमिफाइनल नजिक छन् । लगातार दुई खेलमा पराजित जर्मनी भने प्रतियागिताबाट बाहिरिएको छ । 

यता, नेपाल रहेको समूह ‘बी’ मा नेपालसहित क्यानडा र आयोजक ओमानको उत्तिकै सम्भावना रहेको छ । नेपालको उच्च सम्भावना रहँदा फिलिपिन्स भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । समूहमा नेपाल दुई खेलबाट सतप्रतिशत जितसहित चार अंक बनाएर शीर्षस्थानमा छ । क्यानडा र ओमानको समान दुई अंक छ । रेट रनरेटका आधारमा समेत नेपाल बलियो स्थितिमा छ । 

अब अन्तिम खेलमा नेपालले क्यानडाको सामना गर्दैछ । भोलि (सोमबार) पौने ४ बजे सुरुहुने खेलमा नेपाल विजय भए अपराजित रहँदै विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्नेछ । यदि नेपाल पराजित भए पनि रनरेटमा बलियो स्थितिमा छ । यस्तो अवस्थानमा झिनो अन्तरले पराजित भए पनि नेपालल सेमिफाइनलमा पुग्न सक्छ ।  

अर्काे खेलमा ओमान र  फिलिपिन्स भिड्दैछन् । यस खेलमा समेत फिलिपिन्स विजयी भए नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ । यदि यो खेलमा ओमान विजयी भए र नेपाल पराजित भए यस्तो अवस्थामा रनरेट हेरिनेछ । रनरेटमा बलियो हुने दुई टोलीले सेमिफाइनल ढोका खेल्नेछन् । हार नेपालको रेटरनरेट ४ दशमलब ३७५ छ । क्यानडाको २ दशमलब ५१२ रहँदा ओमानको माइनस शून्य दशमलब ५६३ छ । 

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - १८:२१:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology