Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

शेर्पालाई हराउँदा जावलाखेलको रेलिगेसन टर्याे

शेर्पालाई हराउँदा जावलाखेलको रेलिगेसन टर्याे

images

इच्छाकामना न्युज

८, फाल्गुण २०७८
शेर्पालाई हराउँदा जावलाखेलको रेलिगेसन टर्याे
images

काठमाडौं, ८ फागुन । रुपबहादुर लामा र ओन्गुना जुनियरको गोल प्रेरित जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा  हिमालयन शेर्पा क्लबलाई २–१ अन्तरले पराजित गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्राप्त जितसँगै जावलाखेलले रेलिगेसन जोनका सम्भावित डर टारेको छ । 

जावलाखेलको जितमा रुपबहादुर र जुनियरले गोल गर्दा शेर्पाका अमृत श्रेष्ठले सान्त्वना फर्काए ।  

खेलको १५औँ मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए । उनको कर्नर प्रहार आकर्षक रुपमा जाली चुमेको थियो । राष्ट्रिय टोलीका गोलरक्षक समेत रहेका दीप कार्कीले उनको प्रहार गोलमा रुपान्तरणा भएकाे ठम्याउनै सकेनन् । 

७१औँ मिनेटमा अमृतले गोल गर्दै हिमालयनलाई १–१ को बराबरीमा ल्याए  । प्राप्त बललाई सिक्स यार्ड बक्समा  नियन्त्रणमा लिँदै अमृतले बाइसाइकल गोल गरेका थिए । 

निर्धारित समयको खेल सकिन दुई मिनेटअघि  ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जित दिलाए ।

जितसँगै जावलाखेल १२ खेलबाट १३ अंक सहित नवौँ स्थानमा उक्लिएको छ । समान अंक भए पनि उसले शेर्पालाई हेड टु हेडमा पछि पारेको हो । शेर्पा १०औँ स्थानमा छ । 

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - १८:१७:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology