Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज देशको उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपात हुने 

आज देशको उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपात हुने 

images

इच्छाकामना न्युज

८, फाल्गुण २०७८
आज देशको उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपात हुने 
images

चितवन, ८ फागुन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशको केही  भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ ।

देशको पहाडी भू–भागमा आंशिक बदली रहने र आज बिहान तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले आज बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसको प्रभावबाट जोगिन पनि आग्रह गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - ०९:२४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology