Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बाह्रौं चरणको खेलहरू आजबाट सुरु हुँदै 

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बाह्रौं चरणको खेलहरू आजबाट सुरु हुँदै 

images

इच्छाकामना न्युज

७, फाल्गुण २०७८
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बाह्रौं चरणको खेलहरू आजबाट सुरु हुँदै 
images

काठमाण्डौ, ७ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बाह्रौं चरणको खेलहरू आजबाट सुरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फ्रेन्ड्स र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । फ्रेन्ड्स र च्यासलका लागि यस खेल महत्त्वपूर्ण रहेको छ । दुबै टोलीलाई रेलिगेसनबाट जोगिन यस खेल जित्नैपर्ने दबाब छ । फ्रेन्ड्स ११ खेलमा ७ अङ्क जोडेर १२ औं स्थानमा रहेको छ ।

च्यासललाई हराएर फ्रेन्ड्स रेलिगेसनको दबाबबाट माथि निस्कन चाहन्छ ।च्यासल ६ अङ्क जोडेर पुछारमा रहेको छ । यस खेलमा हार ब्यहोरेमा च्यासल रेलिगेसनमा पर्नेछ ।

त्यसैले च्यासल फ्रेन्ड्सलाई हराएर रेलिगेसनको डर कम गर्न चाहन्छ ।यस्तै दोस्रो खेलमा च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मछिन्द्र र थ्री स्टारबीचको खेल दशरथ रङ्गशालामै ४ः४५ मा सुरु हुनेछ ।मछिन्द्र ११ खेलमा २९ अङ्क  जोडेर शीर्ष स्थानमा रहेको छ । थ्री स्टारलाई हराएर मछिन्द्र अपराजित यात्रा कायम राख्न चाहन्छ ।थ्री स्टार १८ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ । थ्री स्टार मछिन्द्रलाई हराएर शीर्ष दुईमा उक्लन चाहन्छ ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - ०९:५६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology