Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विद्यालय समयमा नियमित पठनपाठन गराउन निर्देशन 

विद्यालय समयमा नियमित पठनपाठन गराउन निर्देशन 

images

सिआईएन

७, फाल्गुण २०७८
विद्यालय समयमा नियमित पठनपाठन गराउन निर्देशन 
images

काठमाण्डौ, ७ फागुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षकलाई विद्यालय समयमा नियमित पठनपाठन गराउन निर्देशन दिएको छ । विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने कार्यमा संलग्न हुने गरेको गुनासो आएपछि केन्द्रले यस्तो निर्देशन दिएको हो ।

विद्यालय समयमा अन्यत्र समय दिने कार्य शिक्षा नियमावली २०५९ विपरित भएकाले विभागीय सजाय समेत हुन सक्ने केन्द्रले चेतावनी दिएको छ । सीआईएनसँग कुराकानी गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक एवं सूचना अधिकारी सुरेशकुमार जोशीले स्थानीय तह मार्फत सम्बन्धित शिक्षकलाई निर्देशन दिन र ईकाइमार्फत् अनुगमनको व्यवस्था गर्न भनिएको बताउनुभयो ।

शिक्षक सेवा आयोग, लोक सेवा आयोग लगायतले विभिन्न पदमा विज्ञापन खुल्ला गरेपछि शिक्षकहरू तयारी कक्षामा संलग्न हुने गरेको गुनासो आएको थियो । 

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - ०९:३२:१९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology