Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज छैटौं निर्वाचन दिवस विविध कार्यक्रम गरी मनाइँदै 

आज छैटौं निर्वाचन दिवस विविध कार्यक्रम गरी मनाइँदै 

images

इच्छाकामना न्युज

७, फाल्गुण २०७८
आज छैटौं निर्वाचन दिवस विविध कार्यक्रम गरी मनाइँदै 
images

काठमाण्डौ, ७ निर्वाचन आयोगले आज छैटौं निर्वाचन दिवस मनाउँदैछ । निर्वाचन आयोगलेभोलिबाट छैठौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

“निर्वाचनमा सबै, सँधै, सँगै” भन्ने नाराका साथ दिवस मनाइँदै । २०७३ सालबाट मनाउन सुरु गरिएको निर्वाचन दिवस यसवर्ष फागुन तीन दिन फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भए अनुसार कार्यक्रमहरू भइरहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले सीआईएनलाई जानकारी दिनुभयो ।

नेपालमा सर्वप्रथम वि.सं. २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले वि.सं. २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसका अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्दै आगामी निर्वाचनमा सक्रियताका साथ सहभागिता जनाउन आह्वान गर्नुभएको छ ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलताअनुरूप आयोगलाई निरन्तर अगाडि बढन योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नुहुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवम् प्रशंसा गर्नुभएको छ । 

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - ०९:३०:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology