Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सूर्यमाया आत्महत्या प्रकरण : कुटपिटबाट भएको भन्दै छानबिनका लागि परिवारले दियो उजुरी

सूर्यमाया आत्महत्या प्रकरण : कुटपिटबाट भएको भन्दै छानबिनका लागि परिवारले दियो उजुरी

images

इच्छाकामना न्युज

६, फाल्गुण २०७८
सूर्यमाया आत्महत्या प्रकरण : कुटपिटबाट भएको भन्दै छानबिनका लागि परिवारले दियो उजुरी
images

भक्तपुर, ६ फागुन । भक्तपुरको नगरकोटमा २२ वर्षीया महिलाको मृत्यु आत्महत्याबाट नभई कुटपिटबाट हुनसक्ने आशंका गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा छानविनका लागि शुक्रबार उजुरी हालिएको छ । मृतकका पतिसहित छरछिमेकले प्रहरी परिसर भक्तपुरमा शुक्रबार दिउँसो उजुरी हालेका हुन् ।

चाँगुनारायण नगरपालिका-६ नगरकोट शमशेर टोल बस्ने सूर्यमाया तामाङले आत्महत्या गरेको प्रहरीले जनाएको थियो । उनले आफ्नै घरको जस्ताको छानोको फलामको बलोमा खादाको पासो घाँटीमा लगाई झुन्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरीले जनाएको थियो । तर उनका पतिसहितले आत्महत्याबाट नभई आफ्नै परिवारका सदस्यहरुको कुटपिटबाट मृत्यु भएको हुनसक्ने भन्दै प्रहरीमा छानबिनका लागि उजुरी हालेका हुन् । 

स्थानीय अनिल तामाङले डोरी हाल्नै नसक्ने ठाउँंमा डोरी हालेर आत्महत्या गरेको भनी प्रहरीले जनाएको बताए । अनुहार सुन्निएको, शरीरका विभिन्न भागमा निलडाम परेकोलगायतका कारण आत्महत्या नभई कुटपिटबाट हत्या भएको आशंका लागेकाले प्रहरीमा छानविनका लागि उजुरी हालेको उनले बताए । 

मृतकका पतिले झुन्डिएको लास हेर्न पाएको थिएनन् । उनी घरबाट भक्तपुर बजार पुगेका बेला उक्त घटना भएको थियो । पति पुग्दा लासको डोरी काटिसकिएको अवस्थामा थियो । आफन्तका अनुसार मृतकको झगडा पतिका दिदीसँंग भइरहन्थ्यो । त्यसबेला कुटपिट पनि हुन्थ्यो ।  

प्रहरीले भने घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य भइसकको र त्यसबाट आत्महत्या भएको देखिएको जनाएको छ । घटनासम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए ।   

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - १९:१५:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology