Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

देशभरका ५७ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप 

देशभरका ५७ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप 

images

इच्छाकामना न्युज

६, फाल्गुण २०७८
देशभरका ५७ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप 
images

काठमाण्डौ, ६ फागुन । नेपालमा कोरोनाविरुद्धको कम्तिामा एक मात्रा खोप लगाउनेको दर ९० प्रतिशत पुगेको छ । सरकारले सञ्चालन गरेको खोप अभियानको एक वर्षमा लक्षित उमेर समूह १८ वर्षभन्दा माथिका ९० दशमलव ४ प्रतिशतले कम्तिमा एक मात्रा कोरोनाविरुद्धको खोप लगाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षभन्दा माथिका ७६ दशमलव ३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

यस्तै मन्त्रालयका अनुसार १२ देखि १७ वर्षका ८७ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएका छन् भने ४३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यो १२ देखि १७ वर्ष उमेर समूहको ३ चौथाइ हो । सरकारले कोरोना महामारीबाट जोगिनका लागि पछिल्लो समय खोप अभियानलाई तीव्रता दिँदै आएको छ । जस अनुसार अबको केही समयपछि ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि पनि खोप ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, बेलायतले २१ लाख मात्रा कोरोनाविरुद्धको खोप नेपाललाई हस्तान्तरण गरेको छ । हिजो नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई भेटेर कोरोनाविरुद्धको खोप हस्तानतरण गर्नुभएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले सीआईएनसँग बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको लक्ष्य अनुसार नेपालले आगामी वर्षको असार १५ सम्म कुल जनसङ्ख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने छ । हालसम्म नेपालको कुल जनसङ्ख्याको ५७ दशमलव ६ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् ।  

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - ०९:००:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology