Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दिपेन्द्र सिंह ऐरी टी–२० विरियताको ५२ औ स्थानमा 

दिपेन्द्र सिंह ऐरी टी–२० विरियताको ५२ औ स्थानमा 

images

इच्छाकामना न्युज

५, फाल्गुण २०७८
दिपेन्द्र सिंह ऐरी टी–२० विरियताको ५२ औ स्थानमा 
images

काठमाण्डौ, ५ फागुन । नेपाली अलराउन्डर दिपेन्द्र सिंह ऐरी टी–२० विरियतामा ५२ औ स्थानमा रहनुभएको छ । ओमानमा सम्पन्न चारदेशीय सिरिजपछि आईसीसीले हिजो सार्वजानिक गरेको वरियतामा दिपेन्द्र ५२ औं स्थानमा रहनुभएको हो ।

पहिलोपटक टी–२० ब्याटिङमा सवमोश भएका दीपेन्द्रसिंहले एकैपटक चार सय ४३ रेटिङ अंक पाएर उच्च स्थानमारहनुभएको हो ।

यसै साता ओमानमा सम्पन्न चारदेशीय टी–२० सिरिजमा दीपेन्द्रसिंहले तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । उहाँ ओमान र आयरल्यान्डविरुद्धको खेलमा म्यान अफ दी म्याचसमेत हुनुभएको थियो । आइसिसीको टी–२० बलिङ वरीयतामा नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने ६३औँ स्थानमा हुनुहुन्छ ।

चारदेशीय टी–२० क्रिकेट सिरिजमा औसत प्रदर्शन गरेका सन्दीपले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करिअरमा ५० विकेट पूरा गर्नुभएको थियो । ६३औँ स्थानमा रहँदा सन्दीपले चार सय ३७ अंक बटुल्नुभएको छ । शीर्ष सय खेलाडीको वरीयताक्रममा नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल पनि ६५ औं स्थानमा यथावत हुनुहुन्छ । यस अघि नेपालबाट कुशल ५५ औं स्थानसम्म पुग्नुभएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - ०९:११:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology