Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु हुने

नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु हुने

images

इच्छाकामना न्युज

४, फाल्गुण २०७८
नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु हुने
images

काठमाडौं, ४ फागुन । सरकारले २०७९ को नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । वैशाखभरि परीक्षा गराउने र भर्ना गरी जेठ १ गतेदेखि पठनपाठन थाल्ने मन्त्रालयले निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

उनका अनुसार चैतसम्म बाँकी रहेको कोर्स पढाउने र परीक्षा वैशाखमा लिई वैशाख महिनामै नतिजा प्रकाशन गर्नुपर्ने छ । ‘नतिजा प्रकाशनसँगै नयाँ भर्ना भने वैशाखमै गर्नुपर्ने छ,पठनपाठन भने जेठ १ गतेबाट सुरु भई चैत मसान्तसम्म कायम गरिएको छ’, उनले भने ।

सरकारले यसअघि वैशाखबाट नयाँ शैक्षिक सत्र थाल्ने योजना बनाएको थियो तर सरोकारवालाहरूले कोभिड-१९ का कारण समयमा कोर्स नसकिने भएकाले जेठबाट नयाँ शैक्षिक सत्र थाल्न सरकारलाई सुझाव दिँदै आएका थिए ।

 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - १९:०३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology