Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्रपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग

राप्रपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग

इच्छाकामना न्युज

४, फाल्गुण २०७८
राप्रपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग
images

काठमाडौं, ४ फागुन । एमसीसीको विरोध गर्दै राप्रपाका विभिन्न २१ भातृ संगठनहरूले काठमाडौंमा गरेको प्रदर्शनमा दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेको जनाएको छ । राप्रपाले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको मागसहित प्रहरी प्रशासनले गरेको दमनको निन्दा एवं भत्सर्ना गरेको छ । 

images
images

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेता, कार्यकर्तामाथिको दमन संविधान प्रदत्त अधिकारको खिलाफमा छ । प्रशासनबाट भएको अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास र पानीको फोहराको प्रयोगबाट धेरै नेता, कार्यकर्ता घाइते भएका छन् ।’ प्रदर्शनका क्रममा राप्रपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, कोषाध्यक्ष मदन शाही, पब्लिक युथ कलेजका इकाइ अध्यक्ष सुसन पुलामी मगरसहित दर्जनौं कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

274105600_315506400607223_6751732327682036483_n.jpg

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - १८:४१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology