Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अख्तियारले मृत्यु भइसकेका व्यक्तिसहित तीन जना विरुद्ध दायर गर्यो भ्रष्टाचार मुद्दा, एक करोड ३५ लाख बिगो दाबी

अख्तियारले मृत्यु भइसकेका व्यक्तिसहित तीन जना विरुद्ध दायर गर्यो भ्रष्टाचार मुद्दा, एक करोड ३५ लाख बिगो दाबी

images

इच्छाकामना न्युज

४, फाल्गुण २०७८
अख्तियारले मृत्यु भइसकेका व्यक्तिसहित तीन जना विरुद्ध दायर गर्यो भ्रष्टाचार मुद्दा, एक करोड ३५ लाख बिगो दाबी
images

काठमाडौं, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

विशेष अदालत काठमाडौंमा आज अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्य दुई जनामा बिष्णुकान्तका छोरा नविन कुमार मिश्र र ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन छन् । 

वन अधिकृत मिश्रले रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनी घुस लिई फरार भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा वन अधिकृत मिश्रले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट ७० लाख रुपैयाँ लिएको पुष्टि हुन आएको अख्तियारद्वारा आज जारी विज्ञप्ति उल्लेख छ । उनीविरुद्ध ७० लाख रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ । 

वन अधिकृत मिश्रको छोरा नविनले वुवाले घुस बापत लिएको रकममध्ये ४० लाख रुपैयाँ आफ्नो बैंक खातामा राखी भ्रष्टार गर्न सहयोग गरेको अख्तियारले जनाएको छ । नविनसँग ४० लाख रुपैयाँ बिगो दाबी गरिएको छ । 

वन अधिकृत मिश्रलाई घुस उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले २५ लाख रुपैयाँ बुझेको अनुसन्धानका क्रममा खुलेको अख्तियारले बताएको छ । 

ग्लाल्जेनको मृत्यु भइसकेको भएपनि उनीविरुद्ध दायर मुद्दामा २५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - १८:३७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology