चितवन, ४ फागुन । आज देशभर सामान्यतया मौसम सफा रहने मौसमविदले बताएका छन् । हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक बदली रहेको छ ।
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका केहि स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना छ ।