Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा उपचारको पहुँचमा पुगेका ७० प्रतिशत क्यान्सर पीडित बालबालिका निको

नेपालमा उपचारको पहुँचमा पुगेका ७० प्रतिशत क्यान्सर पीडित बालबालिका निको

images

सिआईएन

४, फाल्गुण २०७८
नेपालमा उपचारको पहुँचमा पुगेका ७० प्रतिशत क्यान्सर पीडित बालबालिका निको
images

सजना तिमल्सिना, काठमाडौंँ, ४ फागुन । नेपालमा उपचारको पहुँचमा पुगेका७० प्रतिशत क्यान्सर पीडित बालबालिका निको हुने गरेका छन् । तर आर्थिक अभाव र क्यान्सरको उपचार महङ्गो हुने भएकाले कतिपय अभिभावकले बालबालिकालाई उपचार गराउन पाएका छैनन् ।

ओखलढङ्गा घर भइ ललितपुर नखिपोट बस्दै आउनुुभएका लक्ष्मी रोकाले  आफ्नो भतिजीमादेखिएको क्यान्सर उपचारपछि भने निको भएको बताउनुभयो । बालबालिकालाई जन्मजात वा पछि गएर पनि क्यान्सर हुने सम्भावना रहन्छ ।

बारम्बार ज्वरो आउनु, ज्वरो आएपछि तत्काल निको नहुनु बालबालिकामा देखिने क्यान्सरको मुख्य लक्षण रहेको बाल क्यान्सर रोग विशेषज्ञ सुचरित तुलाधरले बताउनुभयो । काठमाडौँको कान्ति बाल अस्पतालमामात्रै वार्षिक औषत दुई सय बालबालिकामा क्यान्सर देखिने गरेको र हाल करिव एक हजार पुराना विरामीले उपचार गराइरहेको अस्पतालका निर्देशक डा. अजित रायमाझीले बताउनुभयो ।  

अस्पतालमा उपचार गराउन पुगेका मध्ये २० देखि ३० प्रतिशत बालबालिकाका अभिभावक गरिवीका कारण उपचार नगरीकनै छोडेर जाने गरेका छन् । विशेषगरी बालबालिकामा रगत, बोनम्यारो लगायतका क्यान्सर बढी देखिने गरेको छ ।

स्वास्थ्य, शिक्षा लगायतका विषय मौलिक अधिकारमा पर्ने भएका कारण सरकारले बालबालिकामा देखिने क्यानसरको उपचारमा पनि सहयोग बढाउनुपर्ने अभिभावक र अस्पतालहरूको माग छ । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०९:१३:२१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology