काठमाण्डौ, ३ फागुन । नेपाल, आईसीसीको टी–ट्वान्टी वरीयतामा एक स्थान तल झरेको छ । आईसीसीले हिजो सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झदै १३ औं स्थानमा पुगेको छ ।
यस अघि नेपाल १२ औं स्थानमा थियो । ओमनमाहिजो सकिएको चारदेशीय टी–ट्वान्टी सिरिजको तीन खेलमध्ये नेपालले दुई खेलमा पराजय भोगेसँगै वरीयता खस्कीएको हो ।
सिरिज विजेता संयुक्त अरब इमिरेट्स(युएई) भने १२ औं स्थानमा उक्लिएको छ । वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहँदा दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेका छन् । एकदिवसियमा भने नेपाल १६ औं स्थानमा रहेको छ ।