काठमाण्डौ, ३ फागुन । सरकारले आगामी शैक्षिक सत्र वैशाख महिनामै सुरू गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चैतभरी पढाइ हुने तथा वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने तयारी भईरहेको छ ।
गत वर्षको शैक्षिक सत्र कोरोना महामारीका कारण दुई महिना पछि धकेलिएको थियो, जसका कारण पाठ्यक्रम अनुसार पढाइ हुन नसकेकाले समस्या भएको भन्दै यस पटक निर्धारित समयमा नै शैक्षिक सत्र सुरू गर्ने तयारी गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सीआईएनलाइ जानकारी दिनुभयो ।
बैशाखमै नतिजा प्रकाशन, पुस्तक वितरण र तत्काल पठनपाठन सुरु गर्ने हिसाबले विद्यालयहरूलाइ तयारी गर्न आग्रह गर्ने पनि उहाँले बताउनुभयो ।