Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा 

नेपालमा एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा 

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७८
नेपालमा एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा 
images

काठमाण्डौ, ३ फागुन । आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस विभिन्न कार्यक्रम गरि विश्वभर मनाइदैछ । बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना जगाउनको लागि फेब्रुअरी १५ तारिखमायो दिवस मनाउने गरिन्छ । हरेक वर्ष विश्वभर १९ वर्ष मुनिका झण्डै २ लाख ८० हजार जनामा क्यान्सर भएको पाइन्छ ।

आयस्तर उच्च भएका देशमा ८० प्रतिशत बालबालिकाहरूको उपचार सम्भव भएको पाइएपनि निम्न आय भएका देशहरूमा भनेँ २० प्रतिशत बालबालिका मात्र निको भएका पाइएको छ । नेपालमा भने एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा पुग्ने गरेको कान्ति बाल अस्पतालले जनाएको छ ।

रगतको कमी भई छाला सेतो देखिने, त्यतिकै रगत बग्ने, असाधारण रूपमा तौल घट्नु, खोकी निको नहुने, आँखाको सेतो नानी सानो हुँदै गएर दृष्टि गुम्ने, शरीर सुन्निने, पेट असामान्य रूपमा फुल्ने, बिहान अत्यधिक टाउको दुख्ने र बान्ता हुने, हड्डी दुख्ने चोट नलागी सुनिने, चाँडो गल्ने तथा चक्कर लाग्ने शरीरलाई सन्तुलनमा राख्न नसक्ने लक्षण देखिए आफ्ना बालबालिकालाई तत्काल अस्पताल लैजान डाक्टरले सुझाव दिएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - ०९:१२:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology