Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आजदेखि तनहुँमा जिल्ला लिग सुरु, पहिलो दिन आँबुखैरेनीको पुलजिप र अकला युवा क्लव सहित ४ क्लव भिड्दै

आजदेखि तनहुँमा जिल्ला लिग सुरु, पहिलो दिन आँबुखैरेनीको पुलजिप र अकला युवा क्लव सहित ४ क्लव भिड्दै

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७८
आजदेखि तनहुँमा जिल्ला लिग सुरु, पहिलो दिन आँबुखैरेनीको पुलजिप र अकला युवा क्लव सहित ४ क्लव भिड्दै
images

तनहुँ, ३ फागुन । अखिल नेपाल फुटबल संघ एन्फा तनहुँले मंगलबार फागुन ३ गतेदेखि भिमाद खेलमैदानमा आयोजना गरेको जिल्ला लिग फुटबल प्रतियोगितामा तनहुँका १० टिम भिड्दैछन् । मंगलबारबाट हुने प्रतियोगिताको एन्फाले तालिका सार्वजनिक गरेको छ ।

गोलाप्रथाद्वारा सार्वजनिक तालिकाअनुसार समुह ए मा व्यासका हैरान्स क्लब र दोभान युवा क्लब तथा आँबुखैरेनीको अकला युवा क्लब तथा मर्स्याङदी युवा क्लब र बन्दीपुरको अजम्बरी युवा क्लब छन् ।

यस्तै, समूह बीमा आँवुखैरेनीको पुलजिप युवा क्लब र अलस्टार युवा क्लब, भिमादको भिमाद युवा क्लब, शुक्लागण्डकीको खैरेनीटार युवा क्लब र व्यासको नवमित्रता युवा क्लब रहेको एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठले बताए ।

तनहुँ जिल्ला फुटबल संघको आयोजना तथा युवा क्लब भिमादको सहआयोजनामा उक्त प्रतियोगिता हुने बताइएको छ । लामो समय सम्म खेल गतिविधि शून्य भएका बेला हुन लागेको प्रतियोगिताले खेलप्रेमीहरू खुसी भएका छन् ।

आजदेखि सुरु हुने लिगको पहिलो दिन आँबुखैरेनीको पुलजिप र अकला युवा क्लव सहित ४ क्लव भिड्दैछन्। आजको पहिलो खेलमा आँबुखैरेनीको पुलजीप युवा क्लव र भिमाद युवा क्लवका साथै दोस्रो खेलमा आँबुखैरेनीकै अकला युवा क्लव र अजम्वरी युवा क्लव बिच हुने भएको छ ।

तनहुँ एन्फासँग आवद्ध १० टिमले भाग लिने प्रतियोगिताका विजेता टिमले एक लाख र उपविजेता टिमले ५० हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने अध्यक्ष श्रेष्ठले बताए ।

लिगको उक्त प्रतियोगितामा अन्तिम हुने दुई टिमलाई घटुवा गरि बी डिभिजनमा झारिने र आगामि वर्ष बी डिभिजन प्रतियोगिताको आयोजना गरी त्यसमा प्रथम र द्वितिय हुने टिमलाई ए डिभिजनमा बढुवा गरिने अध्यक्ष श्रेष्ठले बताए । अहिले फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र मंगलबार एक कार्यक्रमकाबीच खेल उद्घाटन हुने अध्यक्ष श्रेष्ठले बताए ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - ०८:३५:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology