Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालका ७३ प्रतिशत नागरिकले रेडियो सुन्ने गरेको अध्ययन सार्वजनिक 

नेपालका ७३ प्रतिशत नागरिकले रेडियो सुन्ने गरेको अध्ययन सार्वजनिक 

images

सिआईएन

२, फाल्गुण २०७८
नेपालका ७३ प्रतिशत नागरिकले रेडियो सुन्ने गरेको अध्ययन सार्वजनिक 
images

सुसीला श्रेष्ठ, काठमाडाँै, २ फागुन । नेपालका ७३ प्रतिशत नागरिकले रेडियो सुन्ने गरेको एक अध्ययनले देखाएको छ । सेयरकास्ट इनिसियटिभ नेपालले गरेको अध्ययन अनुसार नेपालका ७३ प्रतिशत नागरिक रेडियो सुन्छन् । नेपालमा हाल ७ सय भन्दा बढि रेडियो प्रशारणमा रहेका छन् ।

रेडियो नागरिकको दुख सुखको सहयात्री बनेको सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालका अध्यक्ष अर्जुन गिरीले बताउनुभयो । रेडियो समाज परिवर्तनको संवाहकसँगै राजनीतिक परिवर्तनमा पनि महत्वपूर्ण भुमिका रहेकाले व्यवस्था फेर्न रेडियो र रेडियोकर्मीले गरेको काम प्रशंसनीय रहेको संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पुर्ण कुमारी सुबेदीले बताउनुभयो ।

नेपालमा रेडियोको सुरुवात भएको ७१ वर्ष बितेको छ ।  यसबीचमा एफएम रेडियोले इजाजत र लाईसेन्स नविकरणमा भोग्नुपरेको लगायतका समस्या अब व्यहोर्नु नपर्ने गरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ छ ।

आविस्कार भएको २० वर्षपछि अर्थात् सन् १९२० मा पहिलो पटक अमेरिकाको पेन्सल भेनियामा रेडियो बजेको थियो । सय वर्ष लामो अवधीमा प्रविधीको विकास र विस्तारमा थुप्रै  उतारचढाव आएपनि रेडियो उही विश्वासका साथ बजिरहेको छ ।

नेपालका दुर दराजका बस्तीमा सूचना पु¥याउन र दुर्गमका समस्या सरकारलाई सुनाउन रेडियोहरुले पुलको काम गरिहेका छन् । तर बढ्दो रेडियोको सङ्ख्यामा गुणस्तरियता हराउँदै गएकोमा विज्ञहरुको चिन्ता छ । 

 

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ०९:१७:३९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology