Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मौसमः आजदेखि दिउँसो मौसम खुल्ने भएकाले अधिकतम तापक्रम बढ्दै जाने 

मौसमः आजदेखि दिउँसो मौसम खुल्ने भएकाले अधिकतम तापक्रम बढ्दै जाने 

images

इच्छाकामना न्युज

१, फाल्गुण २०७८
मौसमः आजदेखि दिउँसो मौसम खुल्ने भएकाले अधिकतम तापक्रम बढ्दै जाने 
images

चितवन, १ फागुन । अबको केही दिन दिउँसो मौसम खुल्ने भएकाले अधिकतम तापक्रम बढ्दै जाने मौसमविद्ले बताएका छन् । अहिले तत्कालका लागि वर्षा र हिमपात गराउने कुनै प्रणाली सक्रिय नभएकाले बिहान हल्का हुस्सु लागेपनि दिउँसो मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बिहान बेलुका चिसो भएपनि दिउँसो भने घाम लागेर न्यानो हुँदै जाने बताउनुभयो । उहाँका अनुसार सामान्यतया फेबु्रअरी महिनासम्म जाडो हुने भएकाले अब क्रमिक रुपमा दिन तात्दै जान्छन् । तर राति मौसम खुलेपछि बिहान न्यूनतम तापक्रम भने घटेर केही चिसो नै हुने उहाँको भनाइ छ ।

आज बिहान ६ दशमलव ५ डिग्री सेल्सियसमा मापन गरिएको काठमाडौँको हिजोको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस थियो । राति बादल लागेकाले बिहानको तापक्रम थोरै बढेको मौसमविद् पौडेलको भनाइ छ । उहाँका अनुसार राति बादल लाग्दा जमिन चिसो हुन पाउँदैन । यसले बिहानको तापक्रम घट्न दिँदैन । तर राति आकाश खुल्ला हुँदा जमिन चिसो भएर बिहानको तापक्रम पनि घट्छ । 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ भने तराईका केही भूभागमा हुस्सु कुहिरो लागेको छ । यो अपरान्हपछि बिस्तारै हटेर जाने भएकाले न्यानो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर घाम लाग्दै बादल लाग्नेछ ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - ०९:०३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology