Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज ११ औँ विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै 

आज ११ औँ विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै 

images

सिआईएन

१, फाल्गुण २०७८
आज ११ औँ विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै 
images

काठमाण्डौ, १ फागुन । ११ औँ विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ । यसवर्षको विश्व रेडियो दिवसको नारा ‘विश्वासका लागि रेडियो’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसङ्घको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । 

युनेस्कोको ३६ औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखमा रेडियो दिवस मनाउने घोषणा गरेको थियो । दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका अध्यक्ष अर्जुन गिरीले विभन्न घटनाक्रम, विपद्को समयमा नेपालका सामुदायिक रेडियोहरूको भूमिका महत्वूर्ण र अविस्मरणीय रहेको बताउनुभयो । तीन तहको सरकार बनेपछि रेडियोप्रतिको दृष्टिकोण एकै नहुनु, स्थानीय सरकार नै रेडियो सञ्चालनमा लागिपर्नु लगायतका केही समस्या देखिए पनि सरकारले नीतिगत रूपमा यी समस्या समाधान गर्दै जानुपर्ने अध्यक्ष गिरीको भनाइ छ । 

नेपालमा २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रूपमा रेडियो सञ्चालन भएको हो । एफएम रेडियोको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । 

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - ०८:५६:२४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology