काठमाण्डौ, १ फागुन । आई सी टी पत्रकार विकास मन्चको आयोजनामा अनलाईन पत्रकारिता तथा सोसल ब्लग ब्यबस्थापन तालिम सम्पन्न भएको छ। कलंकी स्थित जनपथ माध्यामिक बिद्यालयमा माघ २६ गतेदेखि २८ गतेसम्म संचालित तालिम शुक्रबार सम्पन्न भएको हो।
राष्ट्रिय युवा परिषद भक्तपुर संगको सहकार्यमा तालिम संचालन गरिएको कार्यक्रम संयोजक एबम आईसीटी पत्रकार बिकास मन्चका महासचिव भोला तिमल्सिनाले जानकारी दिए । तालिममा सहभागीहरुले अनलाईन पत्रकारिता तथा सोसल ब्लग ब्यबस्थापन संगै बिभिन्न जिबन उपयोगी ज्ञान तथा शिप हरु समेत सिक्ने अवसर पाएकोे उनले बताए।