Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सर्लाहीमा अवैध सालको गोलिया बरामद

सर्लाहीमा अवैध सालको गोलिया बरामद

images

न्युज कारखाना

२९, माघ २०७८
सर्लाहीमा अवैध सालको गोलिया बरामद
images

एसवी थापा, सर्लाही, २९ माघ । सर्लाहीको बागमतीस्थित लहरी घारीबाट लुकाई छिपाई राखेको सात थान सालको गोलिया बरामद भएको छ । 

शनिबार शव डिभिजन वन कार्यालय मूर्तियाले बागमती नगरपालिका–२, हरिवन खोला किनारबाट ४० क्यूफिट सालको गोलिया बरामद गरेको हो । सुराकीको आधारमा पुगेको वनको टोलीले लहरी घारीबाट सान थान अवैध सालको गोलिया बरामद गरेको शव डिभिजन वन कार्यालय मूर्तियाका जमदार अमर पाख्रिनले बताए । 

बरामद सालको गोलिया मूर्तिया वन कार्यालयमा ल्याएर अनुसन्धान सुरु गरेको बन कार्यालयका जमदार पाख्रिनले जानकारी दिए । सालको गोलिया तस्करको भने पहिचान हुन बाँकी रहेको बन कार्यालयले जनाएको हो । गोलिया कसले लुकाएको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय लालबन्दीले उल्लेख गरेको छ । 

सरकारी मुल्य अनुसार झण्डै एक लाख ६० हजार बराबर मुल्य रहेको उक्त गोलियाको मूल्य बजारमा अझै बढी रहेको बन कार्यालयका कर्मचारीको भनाई छ । 

जिल्लाका सामुदायिक तथा साझेदारी बन क्षेत्रबाट पछिल्लो समय सालका गोलिया अत्यधिक तस्करी हुने गरेको स्थानीयको भनाई छ ।  जिल्लाको घुर्कौली, जानकीनगर लगायत वनक्षेत्र तस्करहरूको निसानामा पर्दै आएको छ । 

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - २०:५२:०२ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology